अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

दार्चुला – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामा दिनुभएको हो ।

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेको छैन । तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.