बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएको छन्। नगर प्रमुखमा रामबहादुर बानिया र नगर उपप्रमुखमा माया कुमारी खड्का ९कुवँर० विजयी भएका हुन्।

बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए। त्यस्तै, उपप्रमुखमा कुवँरले ४ हजार ७२७ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्। मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा काँग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै वडा नम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो।

Leave A Reply

Your email address will not be published.