दार्चुला जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

दार्चुला – ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दार्चुलालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि शुक्रबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जिल्लाका १६ देखि २३ महिनासम्मका एक हजार ६ सय ८७ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए।

दार्चुलालाई २०७३ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ।

Leave A Reply

Your email address will not be published.