दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिकामा काम गरिरहेका करार कर्मचारीको म्याद थप नगर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करारका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ ।
नगरपालिका भित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, कृषि शाखा, पशु विकास शाखा, कृषि विकास शाखा, आयुर्वेद शाखा र नगरकार्यपालिका कार्यालयमा कार्यरत करारका कर्मचारीको म्याद नथपिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरकार्यपालिकाको यही असार १६ गते बसेको बैठकले करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेकाले सोही अनुसार कार्यान्वयन गराउन नगरपालिकाले आग्रह गरेको सूचनामा भनिएको छ।
