दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बाव क्षेत्रका करिव ७० घरधुरीमा विद्युतीकरण गरिएको छ । राष्ट्रिय प्रसारण लाईनको ३३ केभिए लाईन अन्तरगत वडाको मल्बाव क्षेत्रका ७० घरधुरीमा विद्युतिकरण गरिएको हो । लामो समयदेखि विद्युत सेवाबाट बन्चीत रहेका गाउँबासि गाउँमा बत्ती बले संगै हर्षित भएका छन ।
गाउँमा विद्युतिकरणको लागी मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्वाबका युवाहरुले संघर्ष समिती बनाएर विद्युतिकरणको माग गर्दै विभिन्न समयमा संघर्षका कार्यक्रम गरेका थिए । गाउँमा पोल र तार तानेको अवस्थामा समेत विद्युतिकरण नभएको भन्दै स्थानीय युवाहरुले २०७८ साउन १६ गते विद्युतिकरणको माग गर्दै गोकुलेश्वर दार्चुला सडक खण्डको चैतलिचौरमा सडक बन्द लगायत विभिन्न संघर्षका कार्यक्रम गरि गाउँमा विजुली बाल्न सफल भएको संघर्ष समिती संयोजक प्रकास धामीले जानकारी दिनुभयो ।
संघर्ष समिती गठन संगै स्थानीय युवाहले आफैले श्रमदान गरि असार १५ गते गाउँमा ट्रान्सर्फमर राखेको आज लाईन चार्ज गरिएको संघर्ष समितीको सचिव तथा लाईन विस्तारमा खटिएका स्थानीय युवा अनिल सिंह धामीले जानकारी दिनुभयो । गाउँमा तार र पोल गाडी ठेकेदारले अलपत्र छोडेपछि स्थानीय १५ जना युवाहरुले १० दिन श्रमदानमा काम गरि गाउँमा विद्युत बालेको स्थानिय युवा सन्दीप धामीले जानकारी दिनुभयो ।