Naya Sadar
Badar

दार्चुलामा घर माथिबाट पहिरो खस्दा एक घरमा क्षति

Sadar Sano
Naya Mat patra

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको छ। कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर मंगलबार बिहान घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ।

घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए। पहिरोका कारण धामीको परिवार विस्थापित बनेको छ। यस्तै अन्य ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.