दार्चुला – जिल्लाको गलैनाथ माध्यमिक विद्यालय शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडाको छात्रवृत्ति अक्षयकोषका लागि ५ लाख रुपैया आर्थिक अनुदान सहयोग उपलब्ध भएको छ ।
विद्यालयका भुतपुर्व विद्यार्थी टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तको विशेष पहलमा निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेडको केन्द्रिय कार्यालय काठमाडौ बाट सो रकम उपलब्ध भएको हो ।
विद्यालयले छात्रवृत्ति अक्षयकोषमा जम्मा भएको रकमबाट आउने ब्याजले आगामी दिनमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक जयधन जोशीले जानकारी दिनुभयो ।
निर्धन उत्थान लघुवित्त वित्तीय सस्थाले प्रत्येक वर्ष देशभरको एउटा विद्यालयलाई यो रकम उपलब्ध गराउदै आईराखेको र यस वर्ष गलैनाथ माध्यमिक विद्यालय झरकडालाई उपलब्ध भएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।