शैल्यशिखर नगरपालिकाले किन्यो २ वर्षमा १४ लाख बढीका मोबाइल , २ लाखका रिचार्ज

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख बढी मूल्यका मोबाइल खरिद गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले २०७६ र ०७७ सालमा उक्त मूल्य बढीका विभिन्न मोबाइल सेटहरु खरिद गरेको हो।

नगरपालिकाले वर्ष २०७६ मा विभिन्न मितिमा ५ वटा मोबाइल, तीनवटा पावर बैंक तथा ६ वटा ट्याब खरिद गरेको छ। २०७७ मा पनि पुनः ८ वटा मोबाइल खरिद गरेको देखिएको छ। यसरी नगरपालिकाले २ वर्षसम्म झण्डै १४ लाख ४५ हजार ६५९ रुपैयाँको मोबाइल तथा ट्याब खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाले मोबाइल खरिद गर्दा जिन्सी दाखिला समेत नगरिएको प्रतिवेदनमा जनाएको छ। यस्तै महालेखाले निजी कार्यमा प्रयोग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणीसमेत गरेको छ।

यस्तै नगरपालिकाले एक वर्षमै झण्डै २ लाखको रिचार्ज समेत खरिद तथा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। २०७७ सालमा नगरपालिकाले १ लाख ९८ हजार रुपैयाँ बराबरको रिचार्ज खर्च गरेको हो। त्यस्तै, उक्त खर्चमा पनि महालेखाले निजी कार्यमा प्रयोग हुने सामाग्री खरिदको आधार पेश हुनुपर्ने टिप्पणी गरेको छ।

Leave A Reply

Your email address will not be published.