Naya Sadar
Badar

पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च, बचेको ३ अर्ब सरकारलाई फिर्ता

Sadar Sano

काठमाण्डौ – निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो ।

Naya Mat patra

चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ । चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालयमा एक अर्ब दुई करोड ६३ लाख १२ हजार एक सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

प्रवक्ता पौडेलले पालिका चुनावमा प्रति मतदान केन्द्र दुई लाख २९ हजार पाँच सय ७८ रुपैयाँ र प्रति मतदाता दुई सय ८४ रुपैयाँ खर्च भएको बताउनुभयो । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च सङ्घीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.