शैल्यशिखर नगरपालीकामा ९० जना करार कर्मचारीको माग

दार्चुला – शैल्यशिखर नगरपालीकाले ठुलो संख्यामा करार कर्मचारी भर्ना खोलेको छ । नगरपालिकाले एक्कै पटक ठुलो संख्यामा कर्मचारी माग गरेको प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र बिष्टले बताउनुभयो । नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै स्वीपर देखि सिभिल इन्जिनियरसम्मका विभिन्न प्राबिधिक तर्फका पदमा ९० जना कर्मचारी माग गरेको छ ।

यसअघि नगरपालिकामा रहेका करार कर्मचारीहरुलाई हालै स्थानीय निर्वाचनबाट निर्वाचित नेकपा एमाले नेतृत्वको कार्यपालिकाका बहुमत सदस्यहरुले हटाएर नयाँ भर्ना खोलेको टिप्पणी समेत हुन थालेको छ भने अघिल्लो स्थानीय सरकारले बिना स्रोत विभिन्न शिर्षकमा आफ्ना आफन्त र कार्यकर्ताहरुलाई मात्र भर्ती गरेको आरोप लगाउदैं नगर कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले स्वीपर, माली, पाले, कार्यालय सहयोगी, अ.न.मी, अ.हे.व, ल्याव असिस्टेन्ट, एनेस्थेटिक सहायक, स्टाफ नर्स पदमा ७५ जना कर्मचारी माग गरेको छ भने पूर्वाधारतर्फ स्वीपर, कार्यालय सहयोगी, अमिन, सिभिल सव इन्जिनियर, सिभिल इन्जिनियर तथा पोषण स्वयंसेवक समेत गरि १५ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका र उमेर हद ननाघेका इच्छुक नेपाली नागरिकहरुलाई यही साउन १६ गते सम्म फारम भर्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.