Naya Sadar
Badar

महाकालीका कोरोना प्रभावितको ३१ लाख ६० हजार रकम केन्द्रमै फिर्ता

Sadar Sano

दार्चुला – कोरोना प्रभावित अति विपन्न परिवारकालागि महाकाली नगरपालिकामा केन्द्र सरकारबाट आएको बजेट फिर्ता भएको छ । केन्द्र सरकारले गत कात्तिकमा स्थानीय तहमा पठाएको रकम वितरण हुन नसक्दा फिर्ता भएको हो ।

कोरोना संक्रमणका कारण देशभर लकडाउन हुदाँ गरिब, विपन्नहरुको सहजताका लागि सरकारले १० हजारका दरले राहत दिने घोषणा गरेको थियो । सरकारले कोभिडबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८, राजपत्रमै प्रकाशित गरी त्यस अनुसार राहत उपलब्ध गराइदिनू भनी पालिकालाई सूचनासमेत जारी गर्यो । सोही अनुसार सबै स्थानीय तहमा बजेट पनि पठायो । तर जिल्लाको महाकाली नगरपालिकाले भने त्यो रकम वितरण गर्न सकेन ।

Naya Mat patra

नगरपालिकाले असार १९ गते ३१६ जना कोरोना प्रभावित अतिविपन्नको नामावली सार्वजनिक गर्दै ३ दिनभित्र मापदण्ड विपरीत भए दावी विरोध गर्न सूचित ग¥यो । जसको समायावधि २२ असार कायम भयो । तर रकम हस्तान्तरण हुन सकेन । ९ वटै वडाबाट सिफारिस भइ आएका कूल ३१६ जना गरिब–विपन्न राहत पाउनबाट बन्चित भए ।

३१६ जनाको हुन आउने ३१ लाख ६० हजार रुपैयाँ वितरण नभई फिर्ता भएको हो । राहत पाउने आसमा बसेका विपन्न सर्वसाधारण रकम फिर्ता पठाएको जानकारी पाएपछि असन्तुष्ट छन । असार २४ गते बसेको नगरकार्यपालिका बैठकले नामावलीमाथि आवश्यक छानविन गरी वितरण गर्ने निर्णय गरेको तथा अन्तिम समयमा रकम वितरण गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले बताउनुभयो ।

असार २५ गतेभित्र क्लोजिङ रहेकाले पनि प्रक्रियामा जाँदाजाँदै समय अभाव भएको उनको भनाइ छ । साथै उनले फिर्ता भएको रकमबारे केही दिनपछि निवेदन र फाइलसहित मन्त्रालयमा गइ माग गरिने बताए ।

Leave A Reply

Your email address will not be published.