लेकममा लागुऔषध कम गर्न प्रहरीले घरमा लगाएको गाजाका बोट काट्दै

दार्चुला – दार्चुलाको लेकम गाउँपालीकामा लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रीयता बढाएको छ ।

पछिल्लो समयमा लागुऔषध सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय रिठाचौपाताले लागुऔषधमा कडाई गर्न थालेको हो । प्रहरीले घरघरमा गएर गाजाका बोट काट्ने गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र पुजराले बताउनुभयो ।

पछिल्लो समय गाउँमा गाजाको बिगबिगी बढेपछि कृषकहरुले गाउँमा गाजा लगाउन थालेका हुन । प्रहरीका अनुसार गाउँमा लगाएको गाजा किन्नकालागि विद्यार्थीहरु गाउँमा पस्न थालेकाले गाउँमा लगाएको गाजाका बोट काट्न थालेको प्रहरी निरीक्षक पुजराको भनाई रहेकोछ ।

गाउँमा लगाएका गाजाका बोट काटेपछि गाजाको बिगबिगी अलि कम होला की भनेर गाउँमा लगाएका गाजाका बोट काट्न थालेका हौ प्रहरी निरीक्षक पुजराले भन्नुभयो । विद्यार्थीहरु पछिल्लो समय पढाईमा भन्दा लागुऔषधमा बढि ध्यान र कुलतमा बढि फसेको प्रहरी निरीक्षक पुजराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.