दार्चुलाको लेकम गाउँपालीकामा ४५ प्रतिशत घरधुरी बिद्युतको पहुच बाहिर

दार्चुला – दार्चुलाको लेकम गाउँपालीकामा ४५ प्रतिशत घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन । राष्ट्रिय प्रसारण लाईनबाट अझै ४५ प्रतिशत घरधुरी बन्चित रहेको बताईएको छ । ६ वटा वडा रहेको लेकम गाउँपालीकामा वडा नम्बर १ र २ बिद्युतको पहुच भन्दा बाहिर रहेका छन ।

गाउँघरमै स्थानीय सरकार पुगेपनि अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित रहेका छन् । धेरैले सोलारको सहायताले काम चलाए पनि केहि बिपन्न परिवारले सोलार समेत किन्न नसकेर अन्धकारमा बस्नुपरेको छ । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको लेकम गाउँपालिका १ का स्थानिय महादेब साउँदले बताउनु भयो । राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा वडा कार्यालयमा काम गरिरहेको वडा नम्बर २ का वडा अध्यक्ष शिबराज जोशीले बताउनु भयो ।

गाउँपालीका बासिले बेला बेला विद्युतकै कारण सञ्चार सेवाबाट समेत वञ्चित हुनुपर्ने बाध्यता रहि आएको छ । नेपाल टेलिकमको रिपिटर टावर र रिले टावर समेत सोलारकै भरमा चलिरहेका छन् । घाम नलागे सोलारले काम नगर्ने र टेलिफोन नचल्ने समस्या भोग्नुपरेको लेकम १ का स्थानिय चन्द्र सिंह साउँदले बताउनुभयो ।

गाउँपालीका अध्यक्ष रामदत्त जोशीले “वडा नम्बर १ र २ मात्र बाकी रहेको र अन्य वडामा करिब राष्ट्रिय प्रसारणको लाईन पुगिसकेको बताउनुभयो । बाकी रहेका ठाउँमा ठेक्का पट्टा भईरहेको र कतिपय ठेकेदारहरुले समान नपाईरहेकोले पनि ढिला भएको छ , गाउँपालीकाले पनि यसमा पहल चालेको छ , छिट्टै उज्यालो लेकम बनाउने तयारीमा छौ” गाउँपालीका अध्यक्ष जोशीले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.