दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने बिनाकौरालीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गरिएको छ ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ७ बिनाकोइरालीमा निर्माण गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको शुक्रबार मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिह धामीले एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । वर्षमा गाउँपालिकाका ४ वटा ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार नै शुक्रबार बिनाकोइराली स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गरिएको गाउँपालिका प्रवक्ता मदन चन्दले बताउनुभयो ।
विकट र दुर्गम रहेको वस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगाउन गाउँपालिकाले काम गर्ने पनि बताइएको छ । गाउँपालिकाले यो आर्थिक वर्षमा गाउँपालिकाको बसेडि क्षेत्र, बिनाकोइराली , ऐरिछाना तथा डाडाकोटको साविकको १ नं वडामा स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने लक्ष्य राखेको जनाएको छ ।
बिनाकोइराली सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको उद्घाटन गरेसंगै स्वास्थ्य सेवा प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिह धामी उपाध्यक्ष कल्यान सिह धामी गाउँपालिका प्रवक्ता मदन चन्द लगायत स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
