शैल्यशिखर र लटीनाथ आधारभुत विद्यालयमा व्यबस्थापन समिती गठन

दार्चुला – शैल्यशिखर नगरपालीका वडा नम्बर ६ मा रहेको शैल्यशिखर आधारभुत विद्यालयमा व्यबस्थापन समिती गठन गरेको छ । प्रनाध्यापक सारदा धामीको अध्यक्षतामा विद्यालय ब्यबस्थापन समिती गठन गरेको हो। केशब सिंह धामी अध्यक्ष रहने गरि ११ सदस्यीय विद्यालय व्यबस्थापन समिती गठन गरेको विद्यालयका कार्यालय सहयोगि हरि सिंह धामीले बताउनु भयो ।

यस्तै शैल्यशिखर नगरपालीका वडा नम्बर ७ मा रहेको लटीनाथ आधारभुत विद्यालयमा पनि बिद्यालय व्यबस्थापन समितीलाई पुर्णता दिएको छ । विद्यालय व्यस्थापन समिती अध्यक्ष बिर सिंह बिष्ट अध्यक्ष रहने गरि ९ सदस्यीय विद्यालय व्यबस्थापन समिती गठन गरेको रेडियो लिपुलेक सहक्रर्मी राजेन्द्र सिंह साउँदले खबर पठाउनु भएको छ । यस्तै शिक्षक अभिभावक संघ पनि गठन गरेको जनाएको छ , धन सिंह बिष्ट अध्यक्ष रहने गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.