कांग्रेश दार्चुलाको जिल्ला सम्मेलन सम्पन्न

दार्चुला – नेपाली कांग्रेश दार्चुलाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार र आइतबार दार्चुला सदरमुकाम खलंगामा आयोजना भएको जिल्ला सम्मेलनले एकताको सन्देश दिएको नेताहरुले बताएका छन् । जिल्ला सभापति ललितसिंह बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय सदस्य एबं उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो ।
निर्वाचन समिक्षा र प्रस्तुत भएका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्दै जिल्ला सम्मेलन सम्पन्न भएको कांग्रेश दार्चुलाका नेता जगदिश पालले जानकारी दिनुभयो । अगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तयारीमा सिंगो पार्टी एक ढिक्का भएर खट्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
एकता, रुपान्तरण र जीतको नारालाई पूर्ण उत्साहका साथ सफल पार्ने अठोट सहित नेपाली कांग्रेश दार्चुलाको जिल्ला सम्मेलन २०७९ सम्पन्न भएको कांग्रेश दार्चुलाका कोषाध्यक्ष हंशराज भट्टले जानकारी दिनुभयो । सम्मेलनमा जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष हंशराज भट्टले आर्थिक प्रतिवेदन र किसान संघका अध्यक्ष भानसिंह धामीले कृषि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.