दार्चुला –दार्चुलाको लेकम गाउँपालीका मा बुधबार बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन । लेकम गाउँपालीका वडा नम्बर १ सर्माेली कोठार कटुजाडि बस्ने ४० बर्षीय महाना बिष्ट बिहान घाँस काट्न जाईझिल मन्दिर नजिक रहेको आफ्नैबारीमा गएको बेला बाघले आक्रमण गरेको स्थानिय सन्तोष साउँदले मालीकार्जुन खबरलाई बताए । बिष्टको हात खुट्टा लगायत अन्य शरीरका बिभिन्न ठाउँमा आक्रमण गरेको साउँदले बताए । घाईते बिष्टको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको आफ्न्तले बताएका छन ।