दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र एक १ महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ ।
प्रहरीको टोली घटनास्थलमा भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।