दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा जिप दुर्घटना भएको छ । जिल्लाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउसो करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटनामा परि १ महिला र ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ, भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मृत्यु हुनेमा बझाङ्कोे बुङ्गल नगरपालिका वडा नम्बर ८ का अन्दाजी ५३ बर्षिय पुने बोहरा सोही ठाउँका अन्दाजी ५४ बर्षिया चम्पा बोहरा उहाँका श्रिमान राईभान बोहरा रहेका छन ।
त्यस्तै सोही ठाउँका अन्दाजी ५० बषिय हिक्मत जाग्री, बुङ्गल नगरपालिका ८ कै उज्ज्ल बोहरा रहेका छन । उनीहरु उपचारको लागी भारतको पिथौरागड जादै गरेको खुल्न आएको छ।
त्यस्तै घाइतेहरुमा मालिकाकर्जुन गाउँपालिका वडा नम्बर ३ का ४६ बर्षिय गोमती धामी, गाउँपालिकाको वडा नम्बर ३ मल्बाव घर भएका ३६ बर्षिया गोमती धामी सोही ठाउँ घर भएकी ४२ बर्षिया रेवती धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड घर भएका २३ बर्षिया सुमन धामी, सोही ठाउँकी ४० रुपा धामी र महाकाली नगरपालिका वडा नम्बर ३ काँटै घर भएका ३५ बर्षिय रमेश लुहार र महाकाली नगरपालिका ५ घर भएका चालक लक्ष्मण कोली,बैेतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ घर भएका प्रदिप राना, महाकाली नगरपालिका वडा नम्बरु ७ का लिलाराम कोली रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी इन्चाज प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।
मृतकहरुलाई पोष्टमाटमको लागी जिल्ला जिल्ला अस्पताल लगिएको छ । घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ ।