दार्चुलामा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले एक जना घाईते

दार्चुला- दार्चुलामा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोमा परि एक जना घाइते भएका छन् । दार्चुला(टिङ्कर सडकअन्तर्गतको व्याँस गाउँपालिका(२ माल कोठेधार क्षेत्रमा माथिबाट पहिरो आइ भाग्ने क्रममा रुकुम जिल्ला आठबिसकोट नगरपालिका(१२ का १८ वर्षीय बिजय पुन घाईते भएका हुन् । शनिवार अप्रहान्न ४ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट पहिरो खसेको तथा भाग्ने क्रममा पुन करिब ५० मिटर तल खसि टाउँको र शरिरको अन्य भागमा चोट लागेको दार्चुला टिन्कर सडक आयोजनाले जनाएको छ । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइ उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.