दार्चुलामा नेपाल बन्दको प्रभाव

दार्चुला -नेत्रविक्रम चन्द –विप्लव नेतृत्वको नेपाल कम्युनिस्टपार्टीसिहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा पनि देखिएको छ । मंगलबार बिहानै देखि जिल्लाका बिभिन्न स्थान सडक र बजारमा प्रहरीको बाक्लो उपस्थिति रहेको जिल्ला प्रहरी कार्यलयका दार्चुलाका सुचना अधिकारी हिक्मत सिंह थापाले मालीकार्जुन खबरलाई बताए । लामो दुरीका सवारीसाधनहरु प्रहरीले स्कर्टिङ गरिरहेको छ भने गोकुलेश्वर सदरमुकाम खंलगा स्थानमा छोटो दुरीका सवारीसाधनहरु बन्द रहेका छन । जिल्लामा बन्दको प्रभाव सामान्य रहेको र प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ । अहिले सम्म जिल्ला लगायतका क्षेत्रहरुमा शंकास्पद गतिविधी केही नदेखिएको र प्रहरीले ठाउँठाउँमा निगरानी बढाई रहेको र अहिलेसम्म स्थिती सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी हिक्मत सिंह थापाले बताउनु भयो । विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्टपार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन । सरकासंग भएका ३ बुँदे सम्झौताअनुसार आफ्नोका नेता कार्यक्रर्ता माथि लगाईएका मुद्धा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबरका लागि देशव्यापी बन्दको घोषण गरेको हो । यस्तै अमेरकिासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने , महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर ३ पार्टीले बन्दमा समर्थन गरेका छन् ।
Leave A Reply

Your email address will not be published.