दार्चुला- दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर १ मा रहेको जागृती युवा समाज सर्मोर्लीको पहिलो वार्षिकोत्सब सम्पन्न भएको छ ।आज उद्घाटन भएको वार्षिकोत्सब समारोहमा संस्थाका अध्यक्ष महादेब साउँद को अध्यक्षता रहेको थियो भने लेकम गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष नबराज पन्तको प्रमुख आतिथ्यता रहेको थियोे। यस्तै बडिपुर माबि सर्मोलीका प्रधानाध्यापक परमानन्द बिष्ट र वडा सदस्य दिपेन्द्र बोहरा बिशिस्ट अथिती रहेको संस्थाका अध्यक्ष महादेब साउँदले बताउनु भयो । वार्षिकोत्सबमा विद्यालय स्तरीय विभन्न प्रतियोगिता राखेको थियो । प्रतियोगीतामा ३ ओटा विद्यालयको सहभागीता रहेको साउँदले बताउनुभयो । बडिपुर स्थित श्री बडिपुर माध्यमिक विद्यालय सर्मोलीमा कार्यक्रम गरिएको थियो। वडा नम्बर १ भित्र रहेका आधारभूत विद्यालय स्तरीय गणित दौड र कुर्सी दौड प्रतियोगिता गरिएको थियो । त्यस्तै बडिपुर मावि को ६(१०, मा पनि कुर्सी दौड प्रतियोगिता गरिएको थियो । वडा नम्बर १ भित्र ६ वटा आधारभूत विद्यालय भए पनि ३ वटा विद्यालयले सहभागीता जनाएका थिए । प्रतेक विद्यालयबाट प्रतेक खेलमा २र२ जना छात्रछात्रा सहभागी गराइएका थिए । जस मध्ये गणित दौड प्रतियोगितामा हुनैनाथ आधारभूत विद्यालय डोविगाउँका छात्र रमित साउँद प्रथम सोही स्कुलका छात्र सुरज साउँद द्वितीय र बडिपुर मावि का छात्र निरन्जन रावल तृतीय भएका छन् । त्यस्तै कुर्सी दौड प्रतियोगितामा भने छात्र छात्रा छुट्टाछुट्टै सहभागी गराइ सम्पन्न गरिएको छ । कुर्सी दौडमा छात्रा तर्फ बडिपुर मावि सर्मोलीका बिस्ना मन्नि प्रथम हुनैनाथ आवि का नन्दा पन्त द्वितीय र केदाननाथ आवि बित्थडका कल्पना महरा तृतीय भएका छन भने छात्र तर्फ केदारनाथ आविका रोसन साउँद प्रथम बडिपुर माविका निरन्जन रावल द्वितीय र हुनैनाथ आविका प्रकाश लावड तृतीय भएको साउँदले बताए । 
यसैगरी मावि स्तरीय कुर्सी दौड प्रतियोगितामा बडिपुर मावि कै कक्षा ६ ,१० का विद्यार्थी सहभागी छात्रा तर्फ हेमा बोहरा प्रथम, माया बोहरा द्वितीय , पायल बोहरा तृतीय भएका छन् भने छात्र तर्फ विकास बोहरा प्रथम , भास्कर बोहरा द्वितीय र राजेश साउँद तृतीय भएका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने सबै विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ सँगै सहभागी विद्यालयहरुलाई समेत सहभागी भए बाफत सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको संस्थाका सदस्य चन्द्र सिंह साउँदले बताए। संस्थाले समाजिक क्षेत्रमा २०६७र६८ साल देखि नै कामहरू गर्दै आएको भए पनि दर्ता भने २०७८ सालमा मात्रै भएको थियो । संस्थाले शिक्षा क्षेत्र देखि लिएर खेलकुद, भाषा संस्कृति, असहाय, अपांग ,गरिब र बालबालिकाको क्षेत्रमा कामहरू गर्दै प्रतेक बर्ष कार्यक्रम गर्दै आएको छ। त्यस्तै सामाजिक विकृति र सामाजिक समस्या लगायत स्वास्थ र वातावरणको क्षेत्रमा समेत यसअघि विभिन्न कार्यक्रमहरु गरेको अध्यक्ष साउँदले बताउनु भयो । अहिले कार्यक्रम गर्न आफूहरू सँग आर्थिक अवस्था नभएकोले स्थानीय सरकारको भर पर्नु परेको र स्थानीय सरकारले सहयोग गरे अझै धेरै कार्यक्रम गर्ने तयारीमा रहेको उहाले बताउनु भयो । यसैगरी जागृति युवा समाज सर्मोलीले सुदूरपश्चिमेलिहरुको महान चाड गौरा पर्व को अवसरमा भदौ २१ र २२ गतेका दिन बडिपुरमा देउडा प्रतियोगिता संचालन गर्ने तयारी पनि भईरहेको बताए यस्तै संस्थाको हितको लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अध्यक्ष साउँदले मालीकार्जुन खबरलाई बताए।
