जनताको साथमा काँंग्रेस अभियान  शुक्रवार देखि शुभारम्भ 

दार्चुला –शुक्रवार देखि नेपाली काँग्रेसले जनताको साथमा कांग्रेस अभियान संचालन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार दार्चुलामा पनि अभियान संचालन गरिएको हो । अभियानको महाकाली नगरपालिका वडा नम्बर ६ र ७ बाट एकैसाथ शुभारम्भ गरिएको छ । वडा नम्बर ६ मा नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्की, कोषाध्यक्ष हंसराज भट्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको छ भने वडा नम्बर ७ मा काँग्रेस उपसभापति महादेव बडू, महासमिति सदस्य द्वय गणेश राज भट्ट, हरक सिंह  विष्ट, महाधिवेशन प्रतिनिधि ईश्वरी जोशी, सहसचिव राजु अवस्थी, जिल्ला सदस्य महेन्द्र प्रसाद बडू, जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य चद्र सिंह सामन्त, क्षेत्रीय सचिव पुस्कर राज जोशी, सहसचिव बिरुराम लोहार, सदस्य ललिता बम लगायत नेता तथा कार्यकर्ताको उपस्थिति सुरु गरिएको हो ।

दार्चुलाले यहि भदौ १० गते देखि २४ गतेसम्म जिल्लाका ९ वटै स्थानीय तहका ६१ वटै वडाहरुमा अभियान संचालन गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले मालीकार्जुन खबरलाई बताए । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पहिलो चरणको अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन सुन्ने जनताको भावना बुझ्ने, जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनता संग विविध ढंगले अन्तरक्रिया गर्ने लगायतका उद्देश्यले अभियान संचालन गरिएको काँग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि गरिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.