Naya Sadar
Badar

नौगाडमा गाउँघरमै पुगेर एमबीबीएस डाक्टरले सेवा दिदै

Sadar Sano
Naya Mat patra

दार्चुला –जिल्लाको नौगाड गाउँपालिकामा एमबीबीएस डाक्टरले जनतालाई गाउँघरमै सेवा दिइरहेको छ । गाउँपालिकाले करारमा एमबीबीएस डाक्टर नियुक्त गरेर स्थानीयहरुलाई चिकित्सकीय स्वास्थ्य परामर्श सेवा दिइरहेको हो । पहिलो पटक वडा नम्बर ६ को धुलिगडा स्वास्थ्य चौकीबाट जनतालाई चिकित्सकीय परामर्श सेवा दिइएको गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामीले मालीकार्जुन खबरलाई बताए । ‘विकट क्षेत्रका जनतालाई विशेषज्ञसहितको सेवा दिने उद्धेश्यले गाउँपालिकाले एमबीबीएस डाक्टर नियुक्त गरी सेवा दिइरहेको छ, अध्यक्ष धामीले भने ।’ वडातहमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिइनेछ । नौगाड गाउँपालिकाले भदौ १ गते एमबीबीएस डाक्टर सन्तोष सिंह कुँवरलाई नियुक्त गरेको थियो । गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ६ को धुलिगडा स्वास्थ्य चौकी, वडा नम्बर ४ को सिप्टी स्वास्थ्य चौकी र वडा नम्बर ३ को खार स्वास्थ्य चौकीबाट चिकित्सकीय परामर्श सेवा दिन लागेको छ । भदौ ५ गतेदेखि १० गतेसम्म धुलिगडा स्वास्थ्य चौकीबाट सेवा दिइएको छ । त्यहाँबाट २ सय ५० बिरामीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।  यस्तै वडा नम्बर ४ को सिप्टी स्वास्थ्य चौकीमा भदौ ११ गतेदेखि १८ गतेसम्म र वडा नम्बर ३ को खार स्वास्थ्य चौकीबाट भदौ १९ देखि भदौ २४ गतेसम्म सेवा दिइने जनाइएको छ । करिब १ महिनासम्म सचालन गरिएको चिकित्सकीय सेवामा स्वास्थ्य चेकजाँच, ल्याव टेष्ट, औषधिउपचारका साथै परामर्श गरिने बताइएको छ । गाउँघरमै डाक्टरले सेवा दिन थालेपछि स्वास्थ्य चेकजाँच गराउन स्थानीयहरुको भीड लाग्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.