दार्चुला – नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।
बिगत लामो समय देखि एमालेको विभिन्न संगठनमा रहि आएका जोशी एमाले दार्चुलाका संस्थापक एबं पूर्व अध्यक्ष समेत हुन । नेता जोशी प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिस हुनुभएको एमाले जिल्ला कमिटी सहसचिब खडक बडालले बताए ।
बडालका अनुसार सोमबार एमालेको जिल्ला कमिटी बैठकमा उम्मेदवार सिफारिस लगायत विविध विषयमा छलफल भएको थियो । दार्चुला एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ गणेशसिंह ठगुन्ना आईतवार निर्विरोध सिफारिस भइसकेका छन।
त्यस्तै जिल्लाको क्षेत्र नम्बर (क) तर्फको उम्मेदवार पनि भोलि सम्म टुङ्गो लाग्ने सहसचिब बडालले बताए। दार्चुलामा प्रदेश शभाको लागि दुई वटा निर्बाचन क्षेत्र रहेका छन।