दार्चुला – पछिल्लो समय जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन ।
पछिल्लो ५ दिनको अवधिमा जिल्लामा महिला पुरुष र बालबालिका गरि २१ जनामा डेङ्गु पोजेटिभ देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर सोम राज अवस्थीले जानकारी दिए । उनका अनुसाए यो रिपोर्ट सोमबार १२ बजेको सम्मको र १२ बजे पछि पनि १४ जनाको नमुना ल्याबमा पठाइएको र रिपोर्ट आउन बाकी रहेको बताए।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै गमला, फूलदानी, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन जिल्ला अस्पताल दार्चुलाले आग्रह गरेको छ।
जिल्ला अस्पताल दार्चुला का डा. अवस्थीले लामखुट्टेबाट बच्न, ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन आग्रह समेत गरेका छन ।