Naya Sadar
Badar

नेपाली काँग्रेस दार्चलाबाट प्रदेश र संघको समानुपातिकमा धामीको नाम सिफारिस

Sadar Sano

दार्चुला – नेपाली काँग्रेस दार्चुलाको अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फ संघ र प्रदेशका लागि अमरसिंह धामीको नाम सिफारिस भएको छ।

मंगलबार जिल्ला कार्यसमितिले धामीलाई प्रदेश र संघका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेका हो । संघमा आदिवासी जनजातीबाट ललित बोहरा पनि सिफारिस भएका छन् । अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फको उम्मेदवारमा प्रदेशसभा ख बाट धामीको पकड राम्रो भएको काँग्रेस प्रदेश सभा ख का मतदाता हरुको दाबी छ। अमर सिंह धामी शैल्यशिखर नगरपालिकाका पूर्व मेयर सेमेत रहेका थिए।

Naya Mat patra

यस्तै नेपाली काँग्रेस दार्चुलाले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जिल्ला कार्यसमितिले संघ र प्रदेशका लागि उम्मेदवाहरु सिफरिस गरेको दार्चुला काँग्रेसले जनाएको छ । संघीय निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, विक्रम धामी, जग्दिश पाल र गौरीशंकर गिरीको नाम सिफारिस भएको एक नेताले जानकारी दिए ।

यसै गरि प्रदेशका लागि प्रदेशसभा क र ख बाट आकांक्षीको संख्या थुप्रै देखिएकाकाले धेरै जनाको नाम सिफारिस भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशसभा क बाट विक्रम धामी, मदन गिरी, नरेन्द्र धामी लगायत १६–१७ जनाको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा ख बाट पनि विक्रम धामी, जग्दिश पाल लगायतका १४–१५ जना आकांक्षिको नाम सिफारिस भएको स्रोतले बतायो । स्रोतका अनुसार नाम सिफारिस भए पनि संघीय संसदका लागि मन्त्री बडूको सम्भावना प्रवल र प्रदेशमा विक्रम धामीको सम्भावना प्रवल छ ।

यस्तै सामानुपातिकमा संघ तर्फ आदिवासी जनजाती बाट पार्टी सभापति ललित बोहरा र अपाङ्गबाट अमरसिंह धामी लाई सिफारिस गरिएको छ । भने प्रदेश सभा ख तर्फ समानुपातिकमा अमरसिंह धामीलाई सिफारिस गरिएको छ ।

Leave A Reply

Your email address will not be published.