डडेल्धुराबाट देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

डडेल्धुरा नेपाली काँग्रेस विपी का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्। विपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजना भएको वृहत् कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्।

नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेको कार्यक्रममा उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद लड्ने उद्घोष गरेका हुन्। ‘हामीलाई जिताउनु भयो भने ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम हामी गर्नेछौं। यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ’ मल्लले उम्मेदवारी घोषणा गर्दै भने।

पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताउँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.