दार्चुलामा प्रहरीले गाजाका बोट नष्ट गर्दै

दार्चुला- दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर ५ ,६ का विभिन्न क्षेत्रमा ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब उपरीक्षक लोकेन्द्र पुजराको नेतृत्वमा खटिएको टोलीले गाजाका बोट नष्ट गरेको छ । पछिल्लो समय दार्चुलामा गाजाको खेती नै गर्न थालेको पाईन्छ । जिल्लाको लेकम गाउँपालीका वडा नम्बर ५ ,६ का विभिन्न स्थानहरुमा लगाएको गाजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब उपरीक्षक लोकेन्द्र सिंह पुजराले बताउनु भयो । दार्चुलामा जाँगा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुने भएकाले लेकम गाउँपालीकाका विभिन्न स्थानहरुमा प्रहरीले गाजाका बोट नस्ट गर्न थालेको पुजराले बताउनुभयो । सरकारले गाजा खेतीलाई प्राबधान नदिएको भएपनि पछिल्लो समय प्राकुतिरुपमा बारीमा उम्रीएको गाँजाका बोटहरु व्यावसायिक रुपले खेती गरेको देखिन्छ । मंगलबार देखि स्थानिय स्तरमा गाजा फडानी अभियान सुरु भएको ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब उपरीक्षक लोकेन्द्र सिंह पुजराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.