गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको छ : पाैडेल

दार्चुला – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज शुक्रवार दमौलीमा आयोजना गरेको १०९ औँ वीपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले वीपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार त्यहीअनुरूप चलेको स्पष्ट पार्नुभयो । ‘वीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो । वीपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे त्यहीअनुरूप जनताको सपना साकार पार्न कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो ।  अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.