लास्कुखोलामा आएको बाढीले दर्जन बढी घरहरु बगाए

दार्चुला- दार्चुलाको महाकाली नगरपालीका वडा नम्बर ४ मा पर्ने लास्कुखोलामा आएको बाढीले एक दर्जन बढी घरहरु बगाएको छ । हिजो राती आएको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् । लास्कुखोलामा आएको बाढीले दर्जन बढी घरहरु बगाएको छ ।

बाढीले बंगाबगड क्षेत्रका केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनुभयो । उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानियले बताएको छ । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ । उद्वार कार्यमा सुरक्षा निकायका सुरक्षाक्रर्मी सहित स्थानीयहरु खटिएका बताएको छ ।

Leave A Reply

Your email address will not be published.