दार्चुला- दार्चुलाको महाकाली नगरपालिका ३ डुङ्गरी क्षेत्रमा एकै घरका ४ जना बेपत्ता भएका छन धन सिंह कार्की,मानमती कार्की ,दिपक कार्की ,दिनेश कार्की बेपत्ता भएका छन भने जिल्लाको नौगाड गाउपालिकामा बर्स ३५ का चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै २ जना गम्भीर घाइते भएका छन । शुक्रवार रातीदेखि परेको भिसण अविरल वर्षाका कारण जिल्लाको सदरमुकाम स्थित खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरक्षक लोकेन्द्र सिंह का अनुसार करिब डेढ दर्जन घरहरू बग्नुका साथै ६ जना बेपत्ता र एकको सब फेला परेको छ।
घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन। घाइते हरुलाई उपचारको लागि हेलिकप्टर मार्फत लैजाने ब्यबस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्याय ले बताए। उक्त जोखिम क्षेत्रमा सुरक्षा कर्मीले राती नै मान्छे अन्यत्र सारेको छ। भीषण वर्षा संगै आएको बाढीले दर्जनौ घर बगाउनु का साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुला का अनुसार राती देखि अहिले सम्म उद्धार कार्य जारी रहेकोले क्षतिको पुरै विवरण प्राप्त हुन बाँकी रहेको बताए। त्यस्तै महाकाली नगरपालिका ३ लास्को खोला ले रोकेर राखेका ७ वटा गाडी समेत बगाएको छ।घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय हरु खटिएका छन। शुक्रबार राती देखि परेको अविरल बर्साले दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ । बिहान देखि पानी पर्न छोडेपनी उक्त क्षेत्रमा नदीले अझै कटान गरीरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला ले सबैलाई सुरक्षीत स्थानमा बस्न आग्रह गरेको छ।

