दार्चुलामा बाढी पहिरो बाट ५ जनाको मृत्यु अपडेटः

दार्चुला-दार्चुलामा शुक्रबार आएको अविरल बर्षाका कारण ठुलो धनजनको क्षेती भएको छ । जिल्लाको महाकाली नगरपाली र नौगाड गाउँपालीकामा ठुलो धनजनको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी लोकेन्द्र सिंहले बताए । पहिरोमा पुरीएर ५ जनाको मृत्यु भईसकेको को सुचना अधिकारी सिंहले बताउनुभयो , मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालीका वडा नम्बर १ सल्ला बस्ने मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षिय जानकी ठगुन्ना, १५ वर्षिय धनमती ठगुन्ना र महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षिय नन्दराम बोहरा र मोहन राम पार्की महाकाली नगरपालिकाको नमस्कार क्षेत्रमा एक जना मृत्तक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजि कार्य भईरहेको र  सुर्खेतबाट आवश्यक राहत समाग्रीहरु बोकेर नेपाली सेनाको हेलिकप्ट   हेलिकप्टर पनि उद्धारको लागि भरखरै जिल्ला पुगेको बताएको छ । शुक्रबार राती देखि परेको अविरल बर्साले दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ । बिहान देखि पानी पर्न छोडेपनी उक्त क्षेत्रमा नदीले अझै कटान गरीरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला ले सबैलाई सुरक्षीत स्थानमा बस्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.