Naya Sadar
Badar

दार्चुला बाढी पहिरोमा बेपत्ता भएका १० जना अझै भेटिएन खोजी कार्य जारी

Sadar Sano
Naya Mat patra

दार्चुला-भाद्र २४ गते शुक्रबार राती दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका  १० जना अझै  भेटिएका छैनन । घटना भएको ६ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएका हरु फेला परेका छैनन् । बेपत्ता भएका हरुको खोजी कार्यमा नेपाली सेना ससत्र प्रहरी नेपाल प्रहरी र स्थानीय हरुले खोजी कार्य जारीनै राखेको भए पनि अहिले सम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्याय ले बताउनु भयो। शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका ३ मा रहेको दशरथ आधारभुत बिद्यालय मा पुर्ण क्षती पुगाएको थियो।लास्को खोलाको बाडीले डुङरी बिद्युतको पावर हाउस ,दुइ झोलुङ्गे पुल र एक मोटरेवल पुलमा बगाएको थियो।
बङ्गाबगर स्थित पार्किङमा राखेका अवस्थामा जीप– ६, कार एक, ट्याक्टर एक,जेसीबी –१ गरि जम्मा ९ वटा सवारी साधन बेपत्ता भएका थिए।त्यस्तै ४२ घर हरुमा पुर्ण क्षती भएको थियो भने ९ वटा घरमा आंशिक क्षती भएको छ। बङ्गावगर र लास्को क्षेत्रका ४० घर हरु अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्क राज पाण्डेयले जानकारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.