Naya Sadar
Badar

दार्चुलाका ११ कैदीलाई संविधान दिवसका अवसरमा कारागारबाट छुट्दै

Sadar Sano
Naya Mat patra

दार्चुला –संविधान दिवसका अवसरमा दार्चुलाका ११ कैदीलाई आममाफी मिलेको छ । राष्ट्रपति भण्डारीले अदालतका आदेश समेतका आधारमा तोकिएको आधाभन्दा बढी कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीहरुलाई सम्बन्धित कारागारको सिफारिस र मन्त्रीपरिषदको निर्णय अनुसार असोज ३ गते आजदेखि लागु हुनेगरी रिहा गर्नुभएको हो ।दार्चुला कारागारमा ५८ कैदी र १२ थुनुवा गरी ७० जना कैदीबन्दी रहेका थिए । ११ जना रिहा भएसंगै अब ५९ जना कैदीबन्दी बाँकी रहेको जेलर रामराज पन्तले बताउनुभयो । जसमा दुई जना महिला कैदी रहेका छन् । संविधान दिवसका अवसरमा दार्चुलाका ११ कैदीलाई आममाफी मिलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी दार्चुलाका ११ जना सहित देशभरीका ६८१ कैदीलाई आममाफी दिनुभएको हो । ११ जनामध्ये चार जना नकबजनी चोरी, दुई जना सवारी ज्यान र पाँच जना कर्तव्य ज्यान मुद्धामा आधाभन्दा बढी कैद भुक्तान गरी राम्रो चालचलन भएकाहरु रिहा भएका हुन् । रिहा गर्ने पत्र प्राप्त हुनासाथ आजै उनिहरुलाई कारागारबाट रिहा गरिने दार्चुला कारागारका जेलर पन्तले जानकारी दिनुभयो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ को दफा ३७ बमोजिम ६ सय ८१ कैदीलाई माफी दिएको जानकारी दिनुभयो । हरेक बर्ष संबिधान दिवस र गणतन्त्र दिवसको अवसरमा असल चालचालन भएका र मापदण्डमा परेकाका कैदीहरुको कैद माफी गरिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.