दार्चुला बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

दार्चुला-दार्चुला भदौ २४ गते शुक्रबार राति बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो भने ।  १० जना अझै बेपत्ता रहेका छन। उनीहरुको खोजी सम्भव नरहेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। जिल्लामा एक सय परिवार प्रभावित भएका छन्। उनीहरुका लागि दैनिक खाना, बासस्थान, लुगाकपडामा स्थानीय तह र स्थानीय प्रशासन लागेको छ। तर मृतकका परिवारलाई प्रदेश सरकारले दिने भनेको जनही एक लाख र संघीय सरकारले पठाएको २ लाख रकम वितरण भएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले २७ लाख जिल्ला प्रशासन कार्यालयको खातामा पठाएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रदेश सरकार र संघीय सरकारबाट रकम आएको भएपनि वितरण नभएको बताए। ‘तथ्यांक संकलनको काम जारी छ। वितरण गर्न बाँकी छ’ उनले भने, ‘गृह मन्त्रालयलाई बेपत्ता भएकाहरुलाई पनि मृतक सरह राहत वितरणका लागि निर्णय गर्न भनेका छौं। निर्णय आएपछि र तथ्यांक पूरा भएपछि वितरण गर्छौ।’प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भन्नु भयो।

Leave A Reply

Your email address will not be published.