दार्चुलाको शैल्यशिखरमा २२ बर्षिय युवाले झुन्डिएर आत्माहत्या गरे

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ०६ स्थित किडेपातलका एक युवाले शुक्रवार रुखमा झुन्डिएर आत्महत्या गरेका छन।

२२ वर्षका तोयराज बिष्टले शुक्रबार बिहान साढे आठ बजे तिर आत्मा हत्या गरेको हुन सक्ने स्थानीय दिपक राज बिष्टले जानकारी दिनुभयो।

आफ्नै घर नजिक रहेको आरुको रुखमा डोरीले पासो लगाएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका छन।

जिल्ला प्रहरी कार्यालय दार्चुला लाई बुझ्दा टोली घटना स्थल तर्फ गएको र केही समय पछि घटनाको बारेमा बताउने जानकारी दिनुभयो।
मृतक तोय राज बिष्ट बिस्णु दत्त बिष्टका कान्छा छोरा हुन।

health
Leave A Reply

Your email address will not be published.