विक्रिका लागि राखिएको गुणस्तरहीन मदिरा प्रहरीद्वारा नष्ट

दार्चुला – दार्चुलामा अवैध मदिरा नष्ट गरिएको छ । लेकम गाउँपालिका –२ कुणीमा विक्रिका लागि राखिएको गुणस्तरहीन मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

रातामाटा प्रहरीचौकीबाट खटिएको प्रहरीको टोलीले स्थानीय व्यापारी तुलादत्त जोशीको पसलबाट अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । ६ पेटी जति अवैध ‘गुणस्तरहीन’मदिरा नष्ट गरिएको शाहीले बताए ।

चाडपर्वको समयमा हुन सक्ने विभिन्न खालको कालोबजारी रोक्नका लागि प्रहरीले जिल्लाभरी नियमित गस्ती गरिरहेको प्रहरी प्रवक्ता शाहीले बताए ।

Leave A Reply

Your email address will not be published.