आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले आज १२ वटा दलसँग छलफल गर्ने

दार्चुला – निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन मुख्य ध्यान दिने आयोगले जनाएको छ ।

सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएको उहाँले जानकारी दिनुभयो । तर प्रधानमन्त्री देउवा छलफलमा आउनेनआउने टुङ्गो छैन ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । तर त्यसअघि नै दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको हो।

Leave A Reply

Your email address will not be published.