भुमी आयोग दार्चुलाका अध्यक्ष धामीले बुझाए प्रधानमन्त्री लाई ज्ञापन पत्र

दार्चुला – नेपाल भुमी आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले प्रधानमन्त्री शेर बहादुर देउवा लाई दार्चुलाका बाढी पीडितहरुको उचित क्षेती पुर्ती को माग राख्दै ज्ञापन पत्र बुझाएका छन।

बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भुमी आयोग दार्चुलाका अध्यक्ष धामीले प्रधानमन्त्री देउवा लाई ज्ञापन पत्र बुझाएको मालिकार्जुन खबर लाई बताउनु भयो।

उनका अनुसार भाद्र २४ गते राती बाढी पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका परिवार लाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले बर्गीकरण गरेको बिबरण अनुसार पुर्ण क्षती भएका घर परिवार लाई अन्य ठाउँमा स्थानतरण गर्न प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन।

त्यस्तै उच्च जोखिममा रहेका घर हरुलाई सुरक्षित राख्न उक्त क्षेत्रमा पक्की तटबन्ध र मेसिनरी वालको माग गरेका छन। पीडित घर परिवारहरुले बैंक तथा अन्य बित्तीय सहकारी संस्था हरु बाट लिएको रिण समेत मिनाह गरिपाउ भनी ज्ञापन पत्रमा उल्लेख गरेका छन।

करिब ३० मिनेट जतीको भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले कार्य ब्यस्थताका कारण बाढी पहिरो क्षेत्रमा पुग्न नसकिएको र दार्चुलाका बाढी पीडित हरुलाई तत्तकालै उचित क्षती पुर्ती दिने सहमती भएको अध्यक्ष धामीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.