दार्चुलाको तीन ठाउँमा हेल्पडेस्क, २४४ प्रहरी परिचालन

दार्चुला-दार्चुलामा दशैं विशेष सुरक्षा योजना लागु भएको छ । सुरक्षा योजना अन्तरगत यसपालि ट्राफिक नियम उल्लङघन, जुवातास र मापसेमा निगरानी गरिने प्रहरी ले जनाएको छ । दार्चुला सदरमुकाम खलंगा दुई ठाउँ र गोकुलेश्वरमा एक गरी तीन वटा हेल्प डेस्क सञ्चालनमा आइसकेको र आवश्यकताका आधारमा हेल्प डेस्कको संख्या बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले मालीकार्जुन खबरलाई बताए । दार्चुला चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरीमा २४४ प्रहरी परिचालन गरिने उहाँले बताए । यसपालि दशैं तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाइएको बताइएको छ । आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलनमा सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.