दार्चुला-दार्चुलाकोमहाकाली नगरपालीका वडा नम्बर ४ तिन्करखेडाबाट ११ जना जुवाडे सहित चार लाख दुई हजार ३६० रुपया प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष राजेश शाहीले मालीकार्जुन खबरलाई बताए। प्रेम सिंह बुढाथोकीको आफ्नौ घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट प्रकाउ गरेको प्रहरी निरीक्ष शाहीले बताउनुभयो।पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । शंकर बुढाथोकी, असपाल बुढाथोकी, सुरेन्द्र धामी, कमल धामी, नरेन्द्र ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल र इन्टुक लामालाई प्रहरीले पक्राउ गरेको हो । चाडपर्वको समयमा जुवातास खेल्नेरखेलाउने गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा यो बर्ष मात्र नभई विगतका बर्षहरुमा पनि प्रहरीले छाप्पा मार्दा जुवाडेहरु प्रकाउ पर्नेगरेको स्थानियहरुले बताएको छ। प्रहरीको सक्रियतामा ११ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो।