प्रदेश सभाको लागि दार्चुला क्षेत्र न. (क) बाट पत्रकार धामीले गरे उम्मेदवारी घोषणा

दार्चुला – नेपाल पत्रकार महासंघ दार्चुलाका शाखाका पुर्व अध्यक्ष शंकर सिंह धामीले आसन्न प्रदेश सभा सदस्य निर्वाचनमा दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेदावारी दिने घोषणा गरेका छन् । विगत लामो समयदेखि जिल्लामा बसेर पत्रकारीता संगै समाज सेवा गरिरहेका धामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेदावारीको घोषणा गरेका हुन । जनताले अहिलेको परिस्थितिमा नेपाली मूल धारमा रहेका पार्टी र पाटीपंक्ति सीत आजित भै विकल्प खोजिरहेको बेला प्रदेश सभा क्षेत्र नम्बर (क ) बाट उम्मेदवारी दिने र जनता संगको भेटलाई बाक्लो रूप दिदै जनतासंग प्रत्यक्ष सामेल भइ आफ्ना एजेन्डा प्रस्तुत गर्ने नेपाल पत्रकार धामीले बताउनु भयो। पुराना पुस्ताका नेतालाई बिस्थापित गरि नया पुस्ताका नया जोश र जागर भएका शिक्षित युवाले अब सत्ताको बागडोर समाल्ने आफनो मनसाय भएकाले उम्मेदवारी दिएको बताउनु भयो। दार्चुलामा बसेर दुई पटक नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष भइसकेका धामी यो पटक भने स्वतन्त्र उम्मेदावरी दिने मनसाय बनाएका छन । पत्रकार महासंघको दुई कार्यालय सम्हालेका धामीले पत्रकार महासंघ दार्चुला शाखालाई देशभरीकै उत्कृष्ट शाखाको रुपमा चिनाएका थिए । धामीले जिल्लामा पहिलो पटक मिडिया विकास समाज नेपाल दार्चुला नामक नागरीक संस्था स्थापना गरी जिल्लामा सुशासन संगै संञ्चार क्षेत्रमा एफएम रेडियो स्थापनामा महत्वर्पुण भुमिका खेल्दै आएका छन। स्वतन्त्रबाट उम्मेदवारी दिने धामीले २३ गते विहान आफनो उम्मेदवारी दर्ता गर्ने तथा सोमबार महाकाली नदीमा स्नान गरेर राष्ट्रको सातौ धाम मालिकार्जुन मन्दिरमा रुद्धाभेसेक कार्यक्रम रहेको बताएका छन । त्यहिदिन माटोको टिका लगाइ जनताहरुको आर्शिवाद लिने कार्यक्रम तय भएको छ ।

Leave A Reply

Your email address will not be published.