माओवादीले टुंग्यायो सुदूरपश्चिममा प्रतिनिधि सभाका उम्मेदवार

दार्चुला-माओवादी केन्द्रकैलाली क्षेत्र नम्बर २ बाट भगतबहादुर बडुवालको टिकट पएका छन्। कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरीमध्ये एक जनाले पाउने गरी टुंगो लागेको छ। बैतडीका उम्मेदवारको टुंगो लागेको छैन भने कञ्चनपुर १ मा विना मगरले टिकट पाएकी छिन्। ले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको हो। प्रदेशसभा अन्तर्गत बाजुराबाट कर्णबहादुर विक, बझाङ ‘ख’ मा भीम भण्डारी, दार्चुला ‘ख’ मा मानबहादुर धामी र डडेलधुरा ‘क’ मा खगराज भट्टको टिकट टुंगो लागेको छ। त्यस्तै कैलाली ५ को ‘क’ मा रमेश धामीले टिकट पाउने भएका हुन्। कञ्चनपुरको २ ‘क’ मा टेकेन्द्र भट्टले पनि टिकट पाउने सुनिश्चित भएको छ। त्यस्तै अछाम १ ‘ख’ र अछाम २ ‘क’ को उम्मेदवार टुंगो लागेको छैन्। डोटीको टुंगिएको छैन। कैलाली ३ को ‘ख’ मा नन्दबहादुर साउदको सम्भावना छ। कञ्चनपुर १ ‘क’ मा कांग्रेसको दाबी रहेकाले उम्मेदवार टुंगिएको छैन्। कैलाली ३ को ‘क’ र ‘ख’ मा माओवादीको दाबी छ।

Leave A Reply

Your email address will not be published.