दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडामा अवस्थित गलैनाथ माध्यमिक विद्यालयको ५ कोठे भवन जिर्ण बनेकाे छ ।
भवन पुनर्निर्माणका लागि स्थानिय सरकार र सम्बन्धित निकायहरु समक्ष हारगुहार गर्दा पनि चासाे नदिदा विद्यालय भवन जिर्ण बन्दै गएको प्रधानाध्यापक जयधन जाेशीले बताउनुभयो । “विद्यालय भवन पुरै जिर्ण भईसकेकाे छ विद्यार्थीहरुलाई पानी परे पछि घर पठाउनु पर्ने बाध्यता रहेकाे छ” प्रधानाध्यापक जाेशीले भने ।
“एकदुई कक्षाका विद्यार्थीहरुलाई एकै काेठामा पठनपाठन गर्नु परेकाे छ, विद्यालयमा एउटा काेठा पनि दिगाे नभएकाे, विद्यार्थीहरुलाई पानी परेपछि काेठा भित्र बस्न समेत डर लाग्छ” प्रधानाध्यापक जाेशीले भन्नुभयो । विद्यालय भवनको बाहिरभित्र सिमेन्ट लगाएको भए पनि सबै निक्लि सकेकाे र झ्याल ढाेका सबै भाचिएकाे स्थानिय गौरीशंकर जोशीले बताउनुभयो ।
अर्काे चारकाेठे भवन पनि कर्कटपाताले बनेकाे छ , त्याे पनि जिर्ण नै रहेकाे र यसकाे मर्मत सम्भार गरेर गुजरा चलाईरहेकाे नाम नबताउने सर्तमा एक जना विद्यालय ब्यवस्थापन समितिका सदस्यले बताए ।
स्थानिय सरकार देखि केन्द्रिय सरकार सम्म पहल गरे पनि जिर्ण भवन, खानेपानी र सौचालयहरुको पुनः निर्माण तथा ब्यवस्थापनमा कसैको चासो नगएको र कुनै पनि सुनुवाइ नभएको विद्यालयकाे गुनासो रहेको छ।
विद्यालयमा अहिले ४ सय जना विद्यार्थी अध्यनरत छन तिनीहरुलाई चाैरमा पठनपाठन गराउन बाध्य छाै प्रधानाध्यापक जयधन जाेशीले जानकारी दिनुभयो ।