दार्चुला -दार्चुलाको मालिकार्जन गाउँपालिका वडा नम्बर ३ पालनकि अन्दाजी १६ बर्षीय निर्मला धामी हिजाे राति आफ्नै सुत्ने काेठामा झुन्डिएको अबस्थामा मृत फेला परेकी छिन । आफ्नै सुत्ने काेठामा झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक राजेश साहिले मालिकार्जुन खबरलाई बताए। अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षककाे टाेलि घटनास्थलमा खटिएकाे साहिले बताउनुभयो। घटना कसरी घट्याे भन्ने थाहा नभएको र यसकाे बारिमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।