दार्चुला- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसार एवं घरदैलो कार्यक्रम अन्तर्गत लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा सदस्यका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम सिह धामी ले आज मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ बसेडिमा स्थानीय संग भेटघाट गरेर अन्तरक्रिया तथा कोण सभा गरेका छन् भेटघाट कार्यक्रममा मालिकार्जुन ३ बसेडिका स्थानीयले स्नेहका साथ न्यानो आतिथ्यता दिएको र यसपटक प्रदेशसभा सदस्यमा बिक्रम धामिलाई यस क्षेत्रमा उम्मेदवार को रूपमा पाँउदा जनता उत्साहित भएको लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नम्बर १ क प्रचारप्रसार समिति संयोजक मदन गिरीले बताए
कोण सभामा आफ्नो धारण राख्दै मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिह धामिले मालिकार्जुन मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरेर मालिकार्जुन गाउँपालिकालाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न काङ्ग्रेस नेता बिक्रम सिह धामिले अहम् भुमिका खेलेको हुँदा सम्पुर्ण मालिकार्जुन बासिले बिक्रम धामिलाई प्रदेश सभा सदस्य पदमा बिजयी गराउनुपर्ने बताए १
कोण सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम सिह धामीले आफुले अहिलेसम्म निस्वार्थ,ईमान,निष्ठाको राजनीति गरेको हुँदा कसैको जस्तो आफू वैकल्पिक बाटो प्रयोग गरेर चुनाव जित्ने पक्षमा नरहेको बताए साथै सु(संस्कृत,मर्यादित राजनीति बनाउन, दार्चुलाको सर्वाङ्गिण बिकास गर्न आफ्नो उम्मेदवारी रहेको बताए १ भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं निवर्तमान मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,क्षेत्रीय सभापति मन्दीर सिह धामि,पालिका सभापति किसन सिह धामी,महाधिवेशन प्रतिनिधि केशर सिह भण्डारी लगायत अन्य नेता कार्यकर्ताको उपस्थित रहेको थियो