मालिकार्जुमा घरदैलो गर्दै प्रदेश सभा सदस्य उम्मेदवार धामी, लेकम मालिकार्जुन बाट ७०% आफ्नो पक्ष मत आउने दावी

दार्चुला-आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसार एवं घरदैलो कार्यक्रम अन्तर्गत लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा सदस्यका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम सिह धामी ले आज मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ को खुना,ठिङ र सिराड गाउँका स्थानीय संग भेटघाट गरेर अन्तरक्रिया तथा कोण सभा गरेका छन् !
कोण सभामा बोल्दै लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नम्बर १ का प्रचारप्रसार समिति संयोजक मदन गिरिले दार्चुलाका सम्पुर्ण काङ्ग्रेसजनको सहमतिमा र जनताको आवश्यकता माग अनुसार नेपाली काङ्ग्रेसका निष्ठावान बौद्धिक नेता बिक्रम सिह धामी लाई (क) क्षेत्रबाट उम्मेदवार बनाएको हुँदा बिक्रम धामी कुनै भूगोल,क्षेत्र,जातको नभएर सम्पुर्ण क्षेत्रका काङ्ग्रेसको नेता भएकोले निर्धक्क भएर बिक्रम सिह धामी लाई जिताउन आग्रह गरेकाछन् !कोण सभामा आफ्नो धारणा राख्दै मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नरेन्द्र सिह धामिले दार्चुलामा काङ्ग्रेसले हार्दा बिकासले गति नलिने र २०७० र २०७४ गरि दुईपटक दार्चुला बाट एमालेले जितेर जिल्लाको बिकासमा केहि उपलब्धि नभएको हुँदा दार्चुलाको बिकास र समृद्धिको लागी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए साथै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बिक्रम धामीले हार्नु भनेको राजनीतिको मर्यादा,ईमान,निष्ठाको हार हुने भएकाले सुसंस्कृत राजनीतिको लागी पनि बिक्रम सिह धामिको जित आवश्यक रहेको बताए !
कोणसभा लाई सम्बोधन गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम सिह धामिले आफुले जिवनमा राजनीति र आध्यात्मिक काम मात्रै गर्न जानेको हुँदा आफुबाट जनतालाई कदापि धोका नहुने र जनतालाई झुट्टा आश्वासन बाडेर आफुले राजनीति नगर्ने बताए साथै आफुले जनप्रतिनिधि बन्ने अवसर पाए देवभुमी दार्चुला लाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक पर्यटकिय क्षेत्र बनाएर दार्चुलाको बिकासमा समर्पित हुने बताए साथै मालिकार्जु धाम लाई धार्मिक तिर्थस्थल एवं पर्यटकिय क्षेत्र बनाउन मालिकार्जुन ज्योतिर्लिङ्ग स्थापना गर्ने आफू पनि एक अभियान्ता भएकोले यस क्षेत्र बाट ७०% मत आफ्नो पक्षमा आउने बताए !
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं निवर्तमान मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,पालिका सभापति किसन सिह शामन्त,महाधिवेशन प्रतिनिधि केशर सिह भण्डारी,माओवादी केन्द्रका नेता भानसिह धामी लगायत अन्य नेता कार्यकर्ताको उपस्थित रहेको थियो !

Leave A Reply

Your email address will not be published.