एमाले कार्यकर्तालाई काँग्रेसमा भित्र्याउँदै मन्त्री बडूले भने : संविधान रक्षा र विकासका लागि गठबन्धनलाई भोट’

 दार्चुला-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीको टोलीले घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेको हो । सोमवार प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलेन्द्र प्रसाद बडू र प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीले शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखरमा कार्यकर्ता भेला तथा घरदैलो गरेका छन् । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले संविधानको रक्षा, मुलु्कको समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । यसअघिको चुनावमा जनताले एमालेलाई झण्डै दुई तिहाइ मत दिएकोमा त्यो जनमत जोगाउन नसकि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत बारम्बार संसद विगठन गरेको बताउनुभयो । संविधानको रक्षाका लागि परिस्थितिबस गठबन्धनको सरकार बनेकाले यसको स्थायित्व र प्रतिगामी कदमकाविरुद्ध अब जनताले अहिलेको गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । मन्त्री बडूले ओलीको सनकी प्रवृति, देखावटी राष्ट्रियता र झुटा, कोरा गफकाविरुद्ध साझा मतका साथ उभिन आग्रह गर्नुभयो । सोही कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीले देशको समग्र विकास र समृद्धिका लागि गठबन्धनको विकल्प नरहेको बताउनुभयो । वन मन्त्री धामीले प्रदेशबाट रानिशिखरमा खानेपानी र विद्यालय भवनका योजना आफूले हालेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.