एमालेका उम्मेदवारलाई लेकममा भव्य स्वागत

 दार्चुला –नेकपा एमालेको प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी लगायतको टोलीलाई लेकम गाउँपालिकामा भव्य स्वागत भइरहेको छ । चुनावी घरदैलो अभियान अन्तर्गत लेकम गाउँपालिका १ को बडिपुर सर्मौली, कोठार लगायतका वस्तीमा टोलीको भव्यस्वागत भएको हो । तिहारमासमेत चुनावी अभियान गरिरहेको टोलीलाई मंसिर ४ गते हुने निर्वाचनमा विजयी गराउन ठाउँ ठाउँमा स्वागत भइरहेको छ । लेकम गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी ल्याउन महत्वपूर्ण योगदान पुर्याएका पूर्व मन्त्री समेत रहेका ठगुन्नालाई जनताले घरघरमा स्वागत गरिरहेको ठगुन्नाका स्वकीय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो । कहिल्यै वस्तीमा पानी नपुगेको ठाउँमा चौलानी नदीबाट पानी लिफ्टींग गर्दै लेकममा खानेपानी योजना सुचारु भएको छ । सांसद ठगुन्नाको कार्यकालमा विशेष निर्णय गराएर सो क्षेत्रमा खानेपानी योजना आएको हो । जनतालाई प्रत्यक्ष लाभ हुने गरी योजना आएको भन्दै स्थानीयले ठगुन्नाको स्वागत गरिरहेका छन् । लेकम क्षेत्रलाई सडक सञ्जालमा जोड्न, विद्युतीकरण, खानेपानी, लगायतका क्षेत्रमा ठगुन्नाको योगदान अतुलनीय रहेको लेकमबासीको बुझाई छ । वडा नम्बर १ का वस्ती भेटघाटको क्रममा गोपालसिह बोहरा, महादेव साउँद, जयराज पन्त, गजीराम लावड, भोकेराम लावड, सुन्दरसिह विष्ट, सुनपति विष्ट पदम विष्ट, सोबानसिह विष्ट, धवलसिह विष्ट, मोहनदेव विष्ट, गंगादेवी विष्ट र धनबहादुर विष्टले नेकपा एमाले प्रवेश गरेका छन् । यस्तै प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली चुनावी घरदैलो अभियान अन्तर्गत नौगाड गाउँपालिका पुगेको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सुण्डमुण्डमा आयोजित स्वर्गीय बिरबहादुर ठगुन्नाको स्मृति सभालाई सम्बोधन गर्दै यो क्षेत्रको विकासको लागि आफुसधै सक्रिय रहने बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रा अग्रज नेता बीरबहादुर ठगुन्नाका अधुरा सपना पूरा गर्ने जिम्मेवारी मेरो काधमा आएको छ । पार्टी निर्माणमा उहाँले पुर्याएको योगदानको चर्चा गर्दै जोशीले भन्नुभयो, उहाँको क्षेत्रमा यो पटक एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउन अपिल गर्छु । एमालेमात्रै यो क्षेत्रको विकासमा लागेको भन्दै कमिसनको पछि लागेकाहरुलाई भोट दिएर नपछुताउन जनताहरुमा आग्रह गर्नुभयो । यसैबीच नेकपा एमाले अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा वडास्तरीय प्रचारप्रसार समिति गठन भएको छ । शैल्यशिखर, मार्मा, दुहुँमा पार्टीको प्रचार प्रसार वडा कमिटी गठन भइरहेको एमाले कार्यालय सचिव नारायणदत्त भटटले जानकारी दिनुभयो

Leave A Reply

Your email address will not be published.